राष्ट्रपति चिनफिङले देखेको चिनियाँ फुटबल सपना

काठमाडौँ : सि चिनफिङ चीनका शक्तिशाली राष्ट्रपति हुन् । उनको नेतृत्वमा चीनको आर्थिक र राजनीतिक हैसियतमा बढोत्तरी भएको तथ्य लुकेको छैन । यस्तोमा चिनफिङले एउटा फरक सपना पनि सँगालेका छन् । विश्व फुटबलमा चीनलाई बलियो शक्ति बनाउने ।
चिनफिङ आफैँ पनि फुटबल समर्थक हुन् । उनी आफ्नो मुलुकले विश्वकप आयोजना गरेको हेर्न चाहेका छन् । अनि उनी नेतृत्वको चिनियाँ सरकारले लक्ष्य पनि राखेको छ, सन् २०५० अगाडि नै विश्वकप जित्ने । चीनले यस किसिमको लक्ष्य सार्वजनिक गरेको करिब पाँच वर्ष भइसक्यो ।
विश्वकप जित्ने योजनका साथ अघि बढिरहेको चीनले त्यही अनुसारको तयारी पनि गरिरहेको छ । यसैबबीच चीनले शुक्रबार नयाँ घोषणा गरेको छ । चिनियाँ सरकारले प्रत्येक मुख्य शहरमा कमसेकम दुई व्यवसायिक क्लब र तालिम केन्द्र स्थापना गर्ने र आवश्यकिय पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ ।
विश्व फुटबलको शक्ति बन्ने लक्ष्य प्राप्त गर्न चीनले विदेशीहरुको अनुभवको अध्ययन गर्ने पनि बताएको छ । घरेलु फुटबलको नियमन र सुधारका लागि थप कदम चालिने पनि चीनको भनाइ छ । प्रत्येक १० हजार नागरिकका लागि एक फुटबल मैदान तयार गर्ने बताएको चिनियाँ खेलकुद नियामक निकायको भनाई छ ।
चिनियाँ घरेलु फुटबलमा पहिलो श्रेणीका लिग हो, चिनियाँ सुपर लिग (सीएसएल) । नाम चलेका विदेशी खेलाडीको उपस्थितिमा पनि सीएसएलको स्तरवृद्धि भएको छैन । सीएसएल भन्दा अझैँ पनि जापानी र दक्षिण कोरियन लिगलाई बलियो मानिन्छ । त्यसकारण चीनले सीएसएललाई आउँदो २०३० सम्म एसियाका उत्कृष्ट लिगहरूको सूचीमा उभ्याउने लक्ष्य राखेको छ ।
लक्ष्य र लगानीका बाबजुद पनि चिनियाँ फुटबल अपेक्षाकृत उचाईमा पुग्न सकेको छैन । चीनको राष्ट्रिय फुटबल टिम एक पटक मात्रै विश्वकपका लागि छनौट भएको छ । फिफा वरियतामा चीन ७७ औँ स्थानमा छ । जुन सन्तोषजनक स्थान होइन । चिनियाँ लिग पनि समस्यारहित छैन । गत वर्षको च्याम्पियन जियाङसु एफसी बन्द भयो भने दोस्रो र तेस्रो श्रेणीका कयौँ क्लबको लाइसेन्स खारेज गरियो । कतिपय विदेशी खेलाडीले चिनियाँ क्लबबाट तलब नपाएको गुनासो पनि गरेका छन् ।
यस विषयमा चिनियाँ फुटबल पछ्याउने क्यामरुन विल्सनको भनाई अर्थपूर्ण छ,‘चिनियाँ लक्ष्य र नीति कागजमा बलिया छन् । तर तीनले ग्राउन्ड लेभलमा रहेका समस्या समाधान गर्दैनन् । चीले फुटबलमा साँच्चैको प्रगति चाहेको हो भने, स्थानिय तहमा रहेका समस्या पहिचान गर्ने र तीनलाई समाधान गर्नतर्फ लाग्नुपर्छ । चीन र विश्व फुटबलमा बलिया मानिएका देशहरुको स्थानिय फुटबलमा ठूलो फरक छ ।’ (रोयटर्सको सहयोगमा)

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया