भिरबाट लडेर बझाङमा एक पुरुषको मृत्यु

कैलाली - भिरबाट लडेर बझाङमा एक पुरुषको मृत्यु भएको छ। बझाङको जयपृथ्बी नगरपालिका(३ पडेंसका ५५ वर्षीय रामचन्द्र बहादुर रोकायाको भिरबाट लडेर बुधवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार रोकाया आफ्नो घरबाट सदरमुकाम चैनपुर बजार जाने क्रममा सोही ठाँउ स्थित पाल्ते भिरबाट करिब २५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
रोकाया भुकम्प जाँदा तर्सेर खस्दा मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बुधबार दिउँसोमै बझाङमा ६.४ रेक्टर स्केलको पहिलो भुकम्पको गएको थियो । त्यसपछि करिब सय पटक भन्दा बढी पराकम्पन गएको छ ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया