शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा

फाइल फोटो

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको लमहीस्थित जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६४ रुपैयाँ ८० पैसा देखिएपछि उनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

रानाभाटले सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दावी लिएको छ ।