हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : मिनेन्द्र रिजाल

ताप्लेजुङ- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।
कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताए । मुलुकका हरेक कठिन परिस्थितिको सामना गर्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको उल्लेख गर्दै उनले आगामी समयमा समेत मुलुक परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक र महत्वपूर्ण हुनेमा विस्वास व्यक्त गरे ।
राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिएका नेता डा रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहनुभएका ताप्लेजुङ प्रदेश क्षेत्र (ख) का सभापति खगेनसिं हाङ्गाम, प्रदेश सदस्य इन्द्र केदेम, पार्टीका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङलगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया