'कौसीद' को गीतमा आँशुको कुरा गर्दै भोला र ऋचा

काठमाडौं - कुमार भाष्करको निर्देशनमा बनेको फिल्म 'कौसीद'मा समावेश गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक 'नझर्थे र आँशु' बोलको गीत मार्मिक सुनिन्छ । गीतले सुख र दुःखले मिश्रीत दैनिकीको भाव बोल्छ । आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त छन् । उक्त गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ । शब्द लक्ष्मण बानियाँले लेखेका छन् । मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ ।
यहि असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्मले पोस्टर रिलिजबाट नै चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा फिल्मका प्रमुख कलाकार हुन् ।
फिल्म 'कौसीद'मा ऋचा र भोलाराजसँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी मुख्य भुमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन् । यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस्ले वितरण अधिकार लिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया