आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

चामल बोकेको ट्रक राताकाठा भिरमा खस्यो, एक जनाको मृत्यु

सांकेतिक तस्बिर

दार्चुला- धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक आज बिहान दार्चुलामा दुर्घटना भएको हो।

दुहु गाउँपालिकाको वडा नम्बर २ तर्फ गइरहेको से.१ ख १२५२ नम्बरको ट्रक सडकबाट करिब २५० मिटर तल राताकाठा भिरमा खसेको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा एक जनाको निधन भएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । ट्रकमा चामलसहितका सामान लगिँदै थियो। सवारी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । थप विवरणआउन बाँकी रहेको प्रहरीले जनाएको छ।