हुन्डाईले 'फेस्टिभ कार्निवल' आयोजना गर्ने

काठमाडाैँ– हुन्डाई नेपालले नेपालीहरूको महान चाड बडा दशैं, दिपावली र छठ २०८०लाई लक्षित गर्दै हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत 'हुन्डाई फेस्टिभ कार्निवल' आयाेजना गर्ने भएकाे छ ।
असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना शोरुमबाट सञ्चालन गर्हुन लागेकाे हुन्डाई फेस्टिभ कार्निवलमा आफ्ना ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरू गरेर मनाइने कम्पनीले जनाएकाे छ।
कार्निवलमा हुण्डाईको सबै शोरुमहरूमा फरक-फरक कार्यक्रमहरू आयोजना गरिने कम्पनीले जनाएकाे छ ।
लाइभ फुड स्टल, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जाेन, गाडीसम्बन्धी आवश्यक विभिन्न डिआइवाइ टिप्स र ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने बताइएकाे छ ।
तीन दिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, 'एक्सटर ट्रेजर हन्ट', डेली टेस्ट ड्राइभ एण्ड विन' र महिला चालकहरूप्रति लक्षित हुन्डाई 'ह्विल्स अन हिल्स' जस्ता कार्यक्रमहरूपनि आयोजना गरिने कम्पनीले जनाएकाे छ।
कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भएर विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बाेस्च (BOSCH) तथा ह्वरपुल (WHIRLPOOL) का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरू पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया