गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गर्नु गलत हो : गगन थापा
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गर्नु गलत भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गर्नु गलत भएको बताएका हुन् ।
‘संविधान दिवसको दिन ६ सय ७० जनालाई माफी मिनाहा गरिएको छ,’ उनले भने, ‘६ सय ७० मध्ये कति संविधान सम्मत कानुन सम्मत पनि छ होला । तर, फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ । बदनियतका साथ भएको यसको निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ । यसको विरोध हुन्छ ।’
सांसद थापाले आफूले पनि यसको विरोध गर्ने बताए । उनले भने, ‘यो विषय अदालतको ढोकासम्म पुगेको छ । यसले हामी सबैलाई गिज्याइरहेको छ । अदालतले पक्कै यसको बारेमा बोल्छ ।’
चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका योगराज ढकाल भनिने रिगललाई संविधान दिवसका दिनमा आममाफी दिएपछि यसको विरोध भइरहेको छ । चेतनकी श्रीमतीले यसको विरोधमा माइतीघर मण्डलमा अनशन जारी राखेकी छन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया