हुड्के-क्युरेनी सडक शिलान्यास

सुर्खेत- पश्चिम सुर्खेतको हुड्केदेखि क्युरेनी सडक कालोपत्रेका लागि शिलान्यास गरिएको छ । सुर्खेतको बराहताल गाँउपालीका वडा न ४ स्थित हुड्के क्युरेनी सडक कालोपत्रेका लागि सडक शिलान्यास गरिएको हो ।
आज कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले १७ किलोमिटर सडकको शिलान्यास गरेका छन् । खड्का कन्स्ट्रक्सनले ६१ करोड लागतमा आगामी २०८३ असार १५ भित्र उक्त सडक निर्माणको काम सम्पन्न गर्ने सम्झौता अनुसार कालोपत्रेको कामको सुरुवात गरिएको छ । उक्त सडक कालोपत्रे भएपछि हुड्केदेखि क्युरेनी, साझघाट, चेपाङ, ईखेनी, बुटी लगायत ठाउँमा सडक यातायात सहज रूपमा सञ्चालन हुने छ ।
उक्त सडक बराहताल गाउँपालिका वडा न ३,४,५, ६ र ८ का साथै पञ्चपुरी नगरपालिकाको जामु तातापानीसम्म जोडिने छ । सामान्य रूपमा यातायातका साधन सञ्चालन हुँदै आएको उक्त क्षेत्रमा सडक पिच भएपछि बाह्रै महिना यातायात सुविधा उपलब्ध हुनेछ । अन्य समयमा यातायात सञ्चालन भएता पनि बर्खायाममा भने सवारी आवागमन रोकिँदा यस क्षेत्रका नागरिकहरूले सास्ती खेप्दै आइरहेका छन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया