गण्डकी प्रथम–अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

काठमाडौँ - नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल, पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।
बिहीबार मतदान शुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल,पर्चा पम्लेट लैजान रोक लगाइएको हो । प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताए ।
गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टकाअनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उहाँहरुको भुमिका उल्लेखनीय रहने बताए । अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारीको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया