शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

मंसिर ९ मा नर्सिङ लाइसेन्सको परीक्षा

फाइल तस्बिर

काठमाडौँ- नेपाल नर्सिङ परिषदले आउँदो ​मंसिर ९ ​ मा परिषदको नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ ।

परिषदका अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ । यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषदको सूचनामा उल्लेख छ ।

परीक्षा फारम दस्तुर नियमित तर्फ ३ हजार १०० रुपैयाँ रहेको छ ।