वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताँती लागेको बताए । उनले वीरमा भीआईपी र भिभिआईपीको उपचारका लागि १७ जना स्वास्थ्यकर्मी छुट्याइएको उल्लेख गरे ।
मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सेवा गरिब, विपन्नहरूका लागि निःशुल्क बनाउन आफू लागि परेको बताए । मन्त्री बस्नेतले डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा ठूलो जनशक्ति अभाव भइरहेको भन्दै दरबन्दी सृजना गरेर जाने सहमति भइसकेको बताए ।
अहिले देखिएको जनशक्ति अभावको अन्योल चाँडै समाधान हुने बताए । उनले दीक्षित भएकाहरू राष्ट्रको भविष्य र गरिमा भएको बताए ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया