गम्भीर अपराधमा संलग्न भएका व्यक्तिलाई क्लिन चिट दिनु हुँदैनः सांसद प्रधान

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु नहुने बताएका छन् ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायिक प्रक्रियाबाट र विधिवत रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान रहेपनि सो अनुसार हुन नसकेको बताए । उनले सरकारले हालै दिएको आममाफी त्रुटीपूर्ण र गलत रहेको बताए ।
उनले भने, ‘सरकारले गम्भीर अपराधमा संलग्न भएका व्यक्तिहरुलाई क्लिन चिट दिनु हुँदैन, मिल्दैन । न्यायिक प्रक्रियाबाट र विधिवत रुपमा कैद भुक्तान भइसकेपछि मात्रै मिनाहा गर्ने प्रावधान छ । यस किसिमले सिधा गर्नु हुँदैन । यो त्रुटीपूर्ण र गलत छ । नेपाली जनताले राम्रो सन्देश मानेनन् । यसरी विधिको शासन अन्त्य हुन्छ । भएको सरकारले स्वेच्छाचारी ढंगले काम कारबाही गर्नु हुँदैन । राजसंस्था फर्काउनुको अर्थ हाम्रो पहिचानलाई फर्काउनु हो । निरंकुश राजतन्त्र संस्थालाई हामीले फर्काउन खोजेका होइनौँ । हाम्रो इतिहासलाई कायम गर्न खोजिएको हो । संविधान सभाले विभेदकारी कार्य गरेको छ । त्यसलाई सच्याउन खोजेका छाँै ।’
सांसद प्रधानले राजसंस्था फर्काउनु इतिहासलाई कायम राख्नु रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया