हाजिर नगराएको भन्दै स्वास्थ्यकर्मीहरू विरोधमा

खुर्खेत: स्थायी दरबन्दीका ४४ स्वास्थ्यकर्मीलाई वीरेन्द्रनगर नगरपालिकाले हाजिर नगराएको भन्दै भन्दै नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले विरोध जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गरी पठाएका ४७ स्वास्थ्यकर्मीमध्ये नगरपालिकाले ३ जनालाई मात्रै काममा खटाएको र बाँकीलाई कुनै पनि जिम्मेवारी नदिएको नेपाल स्वास्थ्यकर्मी संघले जनाएको छ ।
संघले विज्ञप्ति निकालेर नगरपालिकाको यो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष उदयबहादुर थापाले स्वास्थ्यकर्मीहरुको अधिकारको सम्मान गर्दै कामकाजमा खटाउन नगरपालिकालाई आग्रह गरेका छन् ।
४७ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको गत चैत २६ गते मन्त्री स्तर र चैत ३१ गतेको सचिव स्तरको निर्णय अनुसार समायोजन मिलान गरि सुर्खेत पठाइएको थियो । स्वास्थ्य मन्त्रालयले लिखित रूपमा पटक पटक हाजिर गराई नियमित कामकाजमा खटाउन निर्देशन दिएको भए पनि अहिलेसम्म हाजिर गर्न नपाएको अध्यक्ष थापाले बताए । त्यसैगरी स्वास्थ्यकर्मीहरूले वैशाख २२ गते नियमित हाजिर गराई जिम्मेवारी तोकी पाउँ भनि संयुक्त निवेदन दर्ता गराउँदासमेत स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाएको उनको भनाइ थियो । कोरोना महामारीको समयमासमेत स्वास्थ्यकर्मीलाई कामविहीन बनाउनु जनस्वास्थ्यमाथि खेलबाड गर्नु रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । संघले स्वास्थ्यकर्मीलाई काममा लगाउन स्वास्थ्य मन्त्रालय र नगरपालिकासँग माग माग गरेको छन् ।
यता विरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले नगरपालिकाको दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी भएकाले हाजिर गराउन समस्या भएको जनाएको छ । ‘हामीकहाँ दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मीहरू आउनुभएको छ उहाँहरूलाई नगरपालिकाले नै तलव खुवाउन सक्दैन’ ढकालले भने, ‘यहाँ आएका स्वास्थ्यकर्मीलाई संघले तलब खुवाउनको लागि मन्त्रालयमा अनुरोध पठाएका छौ ।’ संघबाटै तलब खुवाएपछि स्वास्थ्यकर्मीहरुलाई यहाँ हाजिर गराइने ढकालले बताए ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया