धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोकौँ : सांसद झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको झण्डा छोडेर देशको झण्डा बोक्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भू–भागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताए । उनले धर्म र सम्प्रदायको झण्डाभन्दा देशको झण्डा महत्वपूर्ण भएको भन्दै देशको झण्डा बोक्नुपर्ने बताए । उनले राजनीतिक दलहरूले भोटको राजनीति गरिरहेकाे भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने जिकिर गरे ।
विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झण्डा बोकेको उल्लेख गर्दै उनले अब त्यसभन्दा माथि उठ्नुपर्ने भनाइ राखे । उनले धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया