एमाले गण्डकी : अध्यक्षमा पृथ्वीसुब्बा समूहका शर्मा विजयी

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट म्याग्दीका शर्मा विजयी भएका हुन् ।
उनले अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गरेका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।
एमाले प्रदेश कमिटीको पदाधिकारीमा शर्माको प्यानललै विजयी भएको हो । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।
सचिवमा शर्मा प्यानलको लमजुङका धनन्जय दवाडी विजयी भए । दवाडीले ५ सय २० मत ल्याए भने, सचिवका अर्का उम्मेदवार कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।
उपसचिवमा शर्मा पक्षका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ मन्जु अधिकारी ५ सय ३१ मतसहित विजयी भइन् । भने मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।
बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतिय मेसिनमार्फत मतदान भएको थियो । सदस्यमा पनि अधिकांश शर्मा प्यानल कै विजयी भएका छन् ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_Z6vNUkuqsG_zwevegwtrwpy2wpsql4cjzjoxxcmjbqcyuvglcazzwl6r3z4ea562gqdhxlm.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया