साढे तीन किलो चरेससहित धामी समातिए

कैलाली- चरेससहित प्रहरीले बझाङका गोरे धामीलाई कैलालीबाट पक्राउ गरेको छ ।
३ किलो ५ सय ग्राम चरेससहित बझाङको बुङ्गल नगरपालिका- २ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी बिहीबार राति पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीबाट धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेस फेला पारेर नियन्त्रणमा लिइएको छ । धामी र मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको डिएसपी चन्दले जानकारी दिएको छ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया