अनमोलको ‘फर्की फर्की’मा सम्मृद्धि र रवि नयाँ अनुहार

काठमाडौँ- नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को तयारी अगाडि बढाएका छन् । यो फिल्मको छायांकन तिहारको लक्ष्मीपूजाबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ ।
यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यो फिल्मको कथालाई अनमोलले निकै मन पराएको वुझिएको छ । अनमोलले लामो समयदेखि यो फिल्मको पटकथा लिएर तयारी गरिरहेका छन् ।
यसैबीच, फिल्ममा अब अडिसनबाट २ नयाँ कलाकारलाई छनोट गरिएको छ । अनमोल र जसितापछि मुख्य भूमिकामा फिल्ममा सम्मृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको हो । निर्माता अधिकारीले दुवै कलाकारको अभिनय उत्कृष्ट लागेपछि अडिसनबाट छनोट गरिएको बताए । दुई नयाँ कलाकार भित्रिएपछि फिल्मले २ जोडीको कथालाई प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।
नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ । यो फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो फिल्मले सपना र विपनाबीचको दुविधाको कथा भन्नेछ । नायक अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया