सरकार कानुनको पालना गराउने काममा गतिछाडा भयो : पूर्वन्यायाधीश केसी

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले सरकारलाई गतिछाडाको संज्ञा दिएका छन् । हत्यारा पुष्टि भएका रिगल भनिने योगराज ढकाललाई कैद सजाय मिनाहा गरेको दृष्टान्त पेस गर्दै उनले सो टिप्पणी गरेका हुन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिकहरूले शासन चलाएको देशमा भन्दा पनि मनपरी गर्ने काम शासकहरूबाटै भएको भन्दै आक्रोश समेत व्यक्त गरे । पूर्वन्यायाधीश केसीले संविधान, कानुनको पालना गराउने काम खड्किएको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न कानुन व्यवसायीहरू लाग्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकार र राजनीतिक पार्टीहरू आफैँले संविधान मिच्ने काम गरिरहेको आरोप लगाए । उनले स्वतन्त्र र सक्षम न्यायालयका लागि कानुन व्यवसायीहरूले खबरदारी गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।
श्रेष्ठले न्यायालयमा विधिको शासन, कानुनी राज्यको स्थापना गराउने काम कानुन व्यवसायीहरूको रहेको पनि दोहोर्याए ।

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै
निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः प्रमुख न…

'निर्वाचन प्रणाली सुधार्न सशक्त कानून आवश्यक'

रविविरुद्ध अख्तियारमा उजुरी

सडक नै नभएको ठाउँमा पुल : यातायात मन्त्रालयका तत्कालीन सचिवविरुद्ध मुद्दा दायर

उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै डिआईजी अशोक सिंहविरुद्ध …

प्रतिक्रिया