राज्यका तीनवटै अंगले संविधान मिचे : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

काठमाडौँ- पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले सरकारको तीनवटै अंगबाट संविधान मिचिएको बताएका छन् ।
शुक्रबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानुन व्यवसायी मञ्चको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गरे ।
उनले संविधानभित्र भएका छिद्रहरूलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताए ।
पूर्व राष्ट्रपतिले त सार्वजनिक रूपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उनले सभामुखले समेत संविधानविपरीतका कानुनहरू बन्दा पनि पास गराएर संविधान मिचेको बताए । ०४७ सालमा संविधान बनाउनेहरूले नै संविधान मिच्दा संविधान गएको भन्दै उनले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरूले नै संविधान मिचेको उल्लेख गरे ।
नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानुन व्यवसायीहरू स्वतन्त्र हुन नसकेका बताए । उनले कानुन व्यवसायीहरू राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताए । उनले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरू कानुनी प्रबन्ध अनुसार नै भएका बताए ।
उनले कानुनी प्रबन्ध अनुसार न्यायाधीशहरू नियुक्त भएको भए पनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताए ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_Pidfw26V0A_9ti5xu2hhiyxaa1hlkj6lhnasjdjythshohewzvk31hqru5shvekuwimngkq.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_UCythP7w3D_ilzk4dhag2tthz9c3wpbafp8jy9hdcbfofuucrvkg8ghn777pxwxh2jwcrnl.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया