धर्म परिवर्तनको महारोगले सद्भाव खलबलियो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको बताएका छन् ।
धरान, मलंगवा, वीरगञ्ज र नेपालगञ्जलगायतका क्षेत्रमा सामाजिक र धार्मिक सदभाव खलबलिएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘धार्मिक सद्भाव र सह अस्तित्व सनातन धर्म संस्कृति र नेपालको विशिष्टता हो,’ थापाले भनेका छन्, ‘धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति विस्थापित गरी विदेशी धर्म लाउने षड्यन्त्र भएपछि धर्मपरिवर्तनको महारोगले सद्भाव खलबलिएको हो।’
थापाले धार्मिक सदभाव कायम राख्न सबैले पहलकदमी लिनुपर्ने पनि बताएका छन् । ‘सनातन धर्म संस्कृतिको रक्षा गरौँ, धर्मपरिवर्तन रोकौं, सद्भाव आफै कायम हुन्छ,’ उनले आग्रह गर्दै भनेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया