२६ टन आलुको भन्सार तिरेर ३० टन ल्याउँदा समातिए चालक

कैलाली- भन्सार छलिको आरोपमा प्रहरीले ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालयमा बुझाएको छ ।
शनिबार बिहान धनगढी उप-महानगरपालिका ४ चटकपुरस्थित दक्षिणकाली एरियाबाट बाँकेको नेपालगञ्ज रुपडियानाकाबाट आलु लिएर आएको युपी ७६ ले ८२१४ नम्बरको ट्रक र चालक सतिश गुप्तालाई भन्सार छलिको आरोपमा नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
२६ टन आलुको भन्सार तिरेर ३० टन आलु ल्याएको पाइएको प्रवक्ता चन्दले बताए । उनका अनुसार चालक, ट्रक र ४ टन आलु नियन्त्रणमा लिएर ट्रकको अनुमानित मुल्य २० लाख र आलुको मुल्य १ लाख ८० हजार गरि २१ लाख ८० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाएको बताए ।

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

प्रतिक्रिया