भोकको समस्या टार्न ‘फुड बैंक’

धनगढी : कोभिड-१९ कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैंक’ स्थापना गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैंक’ स्थापना गरिएको हो ।
महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग पुग्ने उद्देश्यले ‘फुड बैंक’ स्थापना गरिएको युवा धनश्याम बमले जानकारी दिए । अहिले ‘फुड बैंक’मा चामल, दाल, गेडागुडी, नुन, तेल, बेसारलगायत खाद्य सामग्री राखिएको उनले बताए ।
दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर ‘फुड बैंक’मार्फत विपन्न परिवारलाई वितरण गर्ने बताइएको छ । फुड बैंकमा सहयोग उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया