मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि संसदीय दलको बैठक

विराटनगर- आज विश्वासको मत लिने तयारी गरेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसदीय दलको बैठक बोलाएका छन् । प्रदेश सभा सचिवालयस्थित एमाले संसदीय दलको कार्यालयमा दलको बैठक सुरु भएको प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए ।
प्रदेश सभाको बैठक आजै १ बजे बोलाइए पनि बैठक सुरु हुन एक घण्टा ढिला भइसकेको छ ।
कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी मुख्यमन्त्री नियुक्त भएको ३० दिन आज पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश सभाबाट विश्वासको मत पाए कार्कीको सरकार अघि बढ्ने छ । तर, प्रदेशको राजनीतिक परिस्थिति त्यस्तो अनुकूल नदेखिएको एमालेको निष्कर्ष छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेको उपसभामुख बाहेक ३९ सिट रहेको छ । यसअघि एमालेलाई साथ दिएको राप्रपाले पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएको भन्दै तटस्थ बस्ने तयारी गरेको छ ।
केन्द्रीय सत्ता गठबन्धनको निरन्तरताले गर्दा कोशी प्रदेशमा गठबन्धन बाहिरबाट सरकार गठनको सम्भावना खोज्ने प्रयास अहिलेसम्म निरर्थक देखिएको छ ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया