नीति शाह भन्छिन्, ‘मैले कुनै पनि फिल्ममेकरलाई नाइँ भनेको छैन’

काठमाडौँ - अनमोल केसीले ‘रावायण’ छाडेपछि धेरैले नीति शाहको करिअरलाई लिएर पनि चिन्ता व्यक्त गरे । उनले साइन गरेका फिल्म घोषणा हुने तर विभिन्न कारणले नबन्ने भएपछि नीतिको फिल्म करिअरलाई लिएर समाचार बन्नु सामान्य कुरा हो । किनकि नीति चर्चित मोडल हुन् । तर पछिल्लो समय आएको एउटा समाचारले भने उनको चित्तै दुखेछ क्यारे, उनले शनिबार लामो स्ट्याट्स लेखेर स्पष्टिकरण दिइन् ।
केही दिनअघि एउटा अनलाइन पोर्टलमा नीतिले ‘रावायण’का लागि ‘डिग्री माइला’को अफर छाडेको समाचार लेखेको थियो । नीतिले त्यसको खण्डन गर्दै आफूले केही फिल्मकर्मीसँग भेटेको तर आफ्ना पूर्व प्रतिवद्धताका कारण उनीहरूले अफर गरेका फिल्म गर्न नसकेको बताएकी छिन् । योसँगै उनले आफूले कुनै पनि फिल्मकर्मीलाई ‘नाइँ’ नभनेको बताएकी छिन् ।
‘ केही निर्माता र निर्देशकसँग मेरो कुराकानी भएको हो तर उसबेला सुटिङको मिति जुधेको थियो । हामीले सकेसम्म काम गर्न सक्ने समयबारे गहन छलफल पनि गरेका हौँ । त्योबाहेक मैले कुनै पनि फिल्मलाई नाइँ भनेको छैन,’नीतिले लामो स्ट्याट्स लेख्दै भनेकी छिन् । योसँगै उनले आफूलाई सोध्दै नसोधी लेखिएका समाचारले दुःखी बनाएको पनि उल्लेख गरेकी छिन् । ‘रावायण’ अघि नीतिले ‘एक्स नाइन’, ‘कामिनो’ साइन गरेकी थिइन् भने ‘हुतुतु’ फिल्म पनि साइन गरेको चर्चा थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया