रुकुमपश्चिममा ५४ जनालाई छोरी–बुहारी छात्रवृत्ति

रुकुम - रुकुमपश्चिममा कर्णाली प्रदेशको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुई जनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७/७८ देखि जिल्लामा रहेको सामाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो ।
आव २०७६/७७ मा १० जना, २०७७/७८ मा पनि १० जना, २०७८/७९ मा २० जना र गत आवमा १२ जना गरी ५४ जनाले छात्रवृत्ति पाएका हुन् । आव २०७५/७६ मा प्रदेश निर्देशनालयले छात्रवृत्ति वितरण गरेको र जिल्लामा त्यसको तथ्यांक नभएकाले कति जनाले छात्रवृत्ति पाए भन्ने यकिन जानकारी नभएको सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आर्चायले बताए । उनका अनुसार दुई आर्थिक वर्षमा एक लाख र गत आवमा रु ५० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।
तीनवर्षे प्राविधिक शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारीलाई मात्र एक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको प्रमुख आर्चायले जानकारी दिए । आव २०७६/७७ र २०७७/७८ मा रु एक लाख र २०७८/७९ मा रु ५० हजारमात्रै छात्रवृत्ति प्रदान गरिएको हो । यो वर्ष पनि २० जनाका लागि रकम माग गरिएको छ । यो कार्यक्रमले आर्थिक अभावमा पढ्न नपाएका छोरी–बुहारीलाई सहयोग पुगेको छ ।
रासस

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

प्रतिक्रिया