जब ठमेलको मजाजमा पूर्व राजा ज्ञानेन्द्र परिवारसहित पुगे...

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाह ठमेलस्थित 'मजाज मेडिटेरिनियन फुड एण्ड शिशा लाउन्ज' पुगेका छन् । शनिवार साँझ उनी परिवारका केही सदस्यसहित पुगेका थिए ।
अरबी खानाको स्वाद लिन पूर्व राजा ज्ञानेन्द्र परिवारसहित मजाज पुगेका थिए । उनले त्यहाँ रहँदा रेष्टुरेण्टको इन्टिरियर डिजाइन अवलोकन गरेका थिए ।
नेपालमै पहिलोपटक टर्की र दुवई पुगेको जस्तो आभास दिलाउने लाउन्ज खुलेको प्रतिक्रिया दिएका थिए । परिवारसहित पुगेका शाहले अरबी खानाको पारखी रहेको बताएका थिए ।
मजाजको आकर्षकयुक्त इन्टिरियरले शाहलाई आकर्षित गरेको थियो । नेपालमै यस्तै खालको नयाँ-नयाँ रेष्टुरेण्ट खोल्नु पनि नेपाली ग्राहकका लागि राम्रो रहेको उनले बताएका थिए ।
पछिल्लो समय मजाजमा आउने ग्राहकहरू इन्टिरियर हेर्न आउने गरेको सञ्चालकहरू दाबी गर्छन् । मजाजमा अन्य रेष्टुरेण्ट तथा लाउन्जमा फरक स्वादको खाना पाइने भएकाले ग्राहकहरू आउने गरेका छन् ।ठमेलमा मजाज सञ्चालनमा आएको पाँच महिना भइसकेको छ ।
मजाजमा दैनिक लाइभ म्युजिक हुने गरेको छ । दिउँसो १ बजेदेखि खुला हुने र राति १२ बजेसम्म सञ्चालनमा आउने गरेको छ ।

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_TD0GjkmCOz_nqx5rbsii5dwjrpnuuy7ajteswhcdco34pfd1mlyxeeotgi9mnscftxxtaal.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

प्रतिक्रिया