शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना

काठमाडौँ –  कुमारी बैंकले नेपालीहरूको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हाे ।

२६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका चार जना सदस्यलाई एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमा तथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षा समावेश गरिएको छ ।

खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ । यसै अवसरमा बैंकका अन्य बचत खाताहरूमा २० हजार को मेडिकल बीमा सुविधा प्रदान गर्ने छ ।

बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीसँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।

बैं‌कले ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।