अनरको फेस्टिभ अफर: दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

काठमाडौँ – नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ ।
'बनाउ दशैं अनरमय' भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको हाे । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।
अनरबाट ‘अनरको बहार, चाडपर्व मा उपहारै उपहार’ नामक अभियान सुरु गरिएको छ । जसमा खरिदकर्ताहरूले स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
उपहारहरू चार खण्डहरूमा विभाजित छन् । जसमा मानिसहरूले पाँच हजार ९९० रुपैयाँ मूल्यको अनर एयरबड एस५ वा ६ हजार ४९० रुपैयाँ पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् ।
दोस्रो मेगा गिफ्ट हो जहाँ खरिद कर्ताहरूले ४३ इन्च स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्ने मौका पाउन सक्छन् ।
त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् ।
साथै, एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीले जनाएकाे छ ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया