ओली बोलिरहँदा भीम रावल जिन्दावाद भन्ने नारा लागेपछि...

धनगढी - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीम रावल जिन्दावाद भन्दै नारा लगाएका छन् ।
ओली बोल्ने क्रममाफ्लोरबाट भीम रावल जिन्दावाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लिएका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरू’ भन्दै धम्क्याउने प्रयास गरेका थिए ।
त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले एमाले छोडेर झोक्किएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपिल गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया