भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन भएन : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।
पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले अभियान सुरु गरेपछि विभिन्न प्रकरणहरू बीचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गरे ।
समाजमा दलाल पुँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टाचार अन्त्य हुन नसक्ने उनको भनाइ छ । खनालले अर्धसामन्ती व्यवस्था र अहिलेको पुँजीवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजबिना देशलाई निकास दिन नसक्ने बताए । उनले देशमा रोजगार नहुँदा युवा शक्तिहरू विदेशी भूमिमा पलायन हुनु परेको बताउँदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।
खनालले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया