इजरायलबाट फर्कन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने

काठमाडौँ- इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपालीहरूको अनलाइन रजिष्ट्रेशन गर्ने भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायल सरकारसँग समन्वय गरेर स्वदेश फर्कने नेपालीहरूको विवरण संकलन गरी रजिष्ट्रेशन व्यवस्था गर्ने भएको हो ।
स्वदेश फर्कन चाहने नेपालीलाई उद्धारका लागि नेपाल सरकारले सहजीकरण गर्ने भएको छ ।
दक्षिण इजरायलको किवुज अलिमुममा १० जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट मृत्यु भएको हो । चार जना नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको दूंतावासले जानकारी दिएको छ । शवलाई नेपाल नेपाल सरकारले प्रबन्ध गर्ने भएको छ ।
दूतावासका अनुसार सम्पर्कविहिन एक जना नेपालीको खोजीकार्य भइरहेको छ । शव नेपाल पठाउन इजरायल सरकारसँग समन्वय गरिरहेको छ ।
इजरायलमा रहेका नेपालीलाई संयमता अपनाउन तथा आवश्कय समन्वय र सहयोग गर्नलाई दूतावासले अनुरोध गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया