दृष्टिविहीन-बहिरा बालबालिकालाई दसैँ खर्च

काठमाडौँ- दृष्टिविहीन-बहिरा बालबालिकाका लागि दसैँ खर्चवापत १० परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ । विगत लामो समयदेखि जर्मनमा व्यवसाय गर्दै आएका सोलुखुम्बु दूधकुण्ड नगरपालिका वडा नं ७ का कर्मा शेर्पाले सिनामंगलमा सञ्चालनमा गरेको श्रवण दृष्टिविहीन श्रोत केन्द्रमा पुगेर १० परिवारका बालबालिकालाई १ लाख रुपैयाँ हस्तान्त्ररण गरेका हुन् ।
दुई वटा इन्द्रीय सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूलाई एकत्रित गराई विगत २०६२ सालदेखि सञ्चालनमा रहेको श्रवण दृष्टिविहीन श्रोत केन्द्र बहिरा-दृष्टिविहीन अभिभावक समाजले सञ्चालन गर्दै आइरहेको छ ।
विशेष गरेर विपन्न र गरिब परिवारमा समय पुगेर वा समय अगावै प्राकृतिक रूपमा जन्मेका बालबालिकालाई लक्षित गरी खोलिएको यस श्रोत केन्द्रमा जन्मजातै बोल्न, सुन्न र देख्न नसक्ने बालबालिकाहरूका लागि दैनिक स्पर्श शिक्षा, फिजियोथेरापी र अभिभावकलाई मनोपरामर्श सेवा प्रदान गर्दै आएको समाजका अध्यक्ष ल्हाक्पा नुरु शेर्पाले जानकारी दिए ।
यस श्रवण दृष्टिविहीन श्रोत केन्द्रमा २० जना बालबालिका रहेका छन् ।

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

प्रतिक्रिया