‘भष्मेडन’को ट्रेलर सार्वजनिक

काठमाडौँ - फूलपातीदेखि प्रदर्शनमा आउने फिल्म ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको आठ वर्षको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । ट्रेलरमा सौगात मल्ल मधेसी चरित्रमा देखिएका छन् ।
कमेडीको अपेक्षा गरेका दर्शकका लागि भने ट्रेलर अपेक्षित लाग्दैन । ट्रेलरले कमेडी भन्दा पनि भावनात्मक दृश्यलाई ज्यादा ठाउँ दिएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा विपिन र सौगातबाहेक प्रकाश घिमिरे, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ आदि कलाकारको अभिनय रहेको छ । फिल्मका यसअघि दुई गीत र टिजर सार्वजनिक भइसकेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया