एमाले मधेश प्रदेश अधिवेशनको तयारी पूरा, लेबीबाट उठ्ने खर्चले अधिवेशनको व्यवस्थापन गरिँदै

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार नेकपा एमाले मधेश प्रदेश समितिले पत्रकार सम्मेलनकाे आयोजना गरी प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हाे ।
एमालेका मधेश प्रदेश इन्चार्ज एवं सचिव योगेश भट्टराईले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रथम मधेश अधिवेशनको सम्पूर्ण तयारी सकिएकाे जानकारी दिए । ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका साथ असोज २४ र २५ गते एमालेले आफ्नो प्रथम मधेश अधिवेशन सम्पन्न गर्न लागेको उनले बताए ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिहरूको सहभागिता रहने, जसमा ४ जना विवादित रहेका कारण १ हजार २३ प्रतिनिधि सहभागी हुने र अधिवेशन व्यवस्थापनका लागि एक सय ५ जना स्वयंसेवक खटाइने सचिव भट्टराइले जानकारी दिए । उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनौट गरिने बताए । यसका लागि विभिन्न क्लष्टरमा आरक्षणको व्यवस्था समेत गरिएको उनलर्काे जनाए ।
अधिवेशनको तयारी सम्बन्धमा जानकारी दिँदै एमाले सचिव भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको जिकिर गरे । एमाले अब त्यही लक्ष्यका साथ मधेसमा क्रियाशील हुने उनको भनाइ थियो । सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा बढी मधेश प्रदेशमा रहेको बताउँदै उनले एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय रहेको स्पष्ट गरे ।
प्रादेशिक अधिवेशनका लागि सम्पूर्ण खर्च आन्तरिक रूपमा गेट पण्डाल, आवास मञ्च लगायतका सम्पूर्ण व्यवस्थापन पूरा भइसकेको एमाले मधेशका अध्यक्ष रामऔतार यादवले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र स्वयंसेवकका लागि जनकपुरधामस्थित २२ वटा होटल बुक गरिएको छ । अधिवेशन खर्चको ४४/४५ लाख रुपैयाँ अनुमान गरिएकोमा कटौती गरी १४/१५ लाख रुपैयाँ खर्च झारिएको जानकारी अध्यक्ष यादवले दिए ।
अधिवेशन खर्च जुटाउन सहभागी हुने सम्पूर्ण प्रतिनिधिबाट २ हजार, मधेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूबाट १० हजार, नगर प्रमुखहरूबाट २५ हजार, गाउँपालिका उपाध्यक्षहरूबाट २० हजार रुपैयाँ लेबी गरी करिब ४२ लाख रुपैयाँ उठाइने सचिव भट्टराईले बताए ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया