हेटौंडामा क्रेनको ठक्करबाट सहचालकको मृत्यु

मकवानपुर - मकवानपुरको हेटौंडामा क्रेनले ठक्कर दिँदा सहचालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो हेटौडा उपमहानगरपालिका-१० कर्राचोक नजिकै प्रदेश २-०३००१ क २०२४ नं को क्रेन ब्याक गर्दा ठक्कर लागि सहचालक सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्रेनले ठक्कर दिँदा गम्भीर घाइते पर्सा वीरगञ्ज ३० लालपर्सा बस्ने २८ वर्षीय पासवानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव हेटौंडा अस्पतालमा रहेको बताइएको छ ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया