यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका चार निर्णय

मकवानपुर- बागमती प्रदेश मन्त्रिपरिषदको मंगलबारको बैठकले विभिन्न चार निर्णय गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यविधि २०८० स्वीकृत गर्नेलगायतका ४ वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले बताए ।
बागमती प्रदेश मन्त्रिपरिषदले गरेको निर्णयहरू:
१. खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यविधि २०८० स्वीकृत गर्ने ।
२. चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम ( मकवानपुर, चितवन र धादिङ ) सम्बन्धी कार्यविधि २०८०, स्वीकृत गर्ने ।
३. प्रदेश सभाको वर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजे देखि अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।
४. प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया