एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित

काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक सूची अनुसार अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा बचनबहादुर सिंह, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरत साउद छन् । एक उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महरा छन् ।
एक जना सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा रणबहादुर चन्द, राजेशकुमार खाती र रतनराज रेग्मी छन् ।
त्यस्तै, एक जना उपसचिव (महिला) का लागि भागरथी विष्ट तिमिल्सेना, कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन् । एकजना उपसचिव (खुला) का लागि अशोककुमार चन्द, नरबहादुर विक, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले उम्मेदवारी दिएका छन् ।
मंगलबार बिहान ७:३० बजेदेखि नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन कार्यक्रम धकेलिएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया