सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

आज एमाले मधेश प्रदेश अधिवेशन

जनकपुरधाम- नेकपा एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रम स्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए ।

अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ ।