आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

इजरायलमा मारिएकाका परिवारलाई कर्णाली सरकारले तीन लाख दिने

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।  

बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित वार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ । 

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई ३ लाख उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।