'इजरायलमा सम्पर्कविहीन बनेका विपीन जोशीको खोजी भइरहेको छ'
काठमाडौँ - परराष्ट्र मन्त्रालयले गम्भीरताका साथ इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार लागेको जनाएको छ ।
बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलमा रहेका नेपालीको विवरण संकलन भइरहेको र उद्धारमा समेत सरकार गम्भीरतापूर्वक लागेको जानकारी दिइन् ।
उहाले इजरायलमा घाइते भएकाहरुको उपचार भइरहेको र द्वन्द्व क्षेत्रमा रहेका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिएको बताइन् । उनले सम्पर्कविहीन बनेका विपीन जोशीको खोजीका लागि पहल गरिरहेको उल्लेख गरिन् । प्रवक्ता शर्माले इजरायलमा ज्यान गुमाउने नेपालीहरुको अव प्रोटोकल पुरा गरेर छिटो ल्याउनका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिइन् ।
हाल मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको उनले बताइन् । उनले इजरायलको व्यवसायिक उडानमार्फत नेपाल फर्किन चाहनेलाई सहजिकरण भइरहेको जिकिर गरिन् ।

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

प्रतिक्रिया