नेपालीलाई लिन परराष्ट्रमन्त्रीसहितको टोली इजरायल जाने

काठमाडौँ - सरकारले इजरायलमा रहेका नेपालीहरुलाई लिन राति ११ बजे नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले राति ११ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा विमान इजरायल जाने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीलाई लिनका विमान जाने र आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको भाडा सरकारले तिर्ने निर्णय भएको बताए ।
उनले भने, ‘आज विशेष गरेर इजरायलमा भएको दुःखद् घटनाको सन्दर्भमा सरकारले शुरुदेखि नै पहल गरिरहेको छ । त्यस घटनाका सन्दर्भमा विशेष गरी नेपाल आउन चाहने नेपालीलाई लिनका लागि आज लगभग ११ बजे नेपालबाट नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री स्वयं त्यस जहाजमा जाने र नेपालीलाई लिएर आउने । अब आउन पाइन भन्ने भन्दा पनि नेपाली लिएर आउने । त्यहाँबाट आफैँ जहाजमा चढेर आउन चाहे पनि त्यस्ता व्यक्तिको टिकटको भाडा पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ ।’
इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरुको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने बताए ।

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

प्रतिक्रिया