इजरायलमा मारिएकाहरुको शव ल्याउन केही समय लाग्छः परराष्ट्र मन्त्रालय

काठमाडौँ - इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताइन् । उनले उनीहरूको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारिन् । उनका अनुसार नेपाल फर्कन चाहनेहरुलाई ल्याउन बुधबार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाइनेछ । इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरूका लागि त्यहीँस्थित नेपाली दूतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताइन् ।
उनले भनिन्, ‘अज्ञात अवस्थामा रहनु भएका विपिन जोशीको हकमा इजरायल सरकारको समन्वयमा निरन्तर रुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने कार्य जारी छ । सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ । मृतकहरुको शव यथाशीघ्र छिटो नेपाल ल्याउनेगरी हामीले समन्वय र सहकार्य गरिरहेका छौं । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया सकिनासाथ उच्च प्राथमिकताका साथ शवहरु नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छौं । २८८ जना भन्दा बढिले नेपाल फर्कन चाहनुभएको छ । नेपाल फर्कन चाहनु हुनेहरूका लागि नेपाल एयरलाइन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान आज रातिनै इजरायल प्रस्थान गर्दैछ । इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीहरूलाई नेपाली दूतावासले सहजीकरण गर्ने ब्यहोरा पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु ।’
प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिनुभयो । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लम्सालले भनिन्, ‘घाइते ४ जना मध्ये २ जना भर्खर अस्पतालबाट डिस्चार्ज हुनु भएको भन्ने प्रारम्भिक जानकारी छ हामीलाई । २ जनाको उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजिका लागि सबै संयन्त्रलाई परिचालन गरिएको छ । खोजी कार्य जारी छ ।’
बेपत्ता एक जनाको खोजीमा सम्पूर्ण सामर्थ्य परिचालन गरिएको पनि प्रवक्ता लम्सालले बताइन् ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया