अवैध हतियारसहित प्रतिबन्धित नेकपाका सेक्सन कमाण्डर पक्राउ

मोरङ : मोरङको उर्लावारी नगरपालिका-६ बाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे प्रतिबन्धित नेकपाका सेक्सन कमाण्डर पक्राउ परेका छन् । वडा नं ६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरबाट फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उनी प्रतिबन्धित नेकपाका सेक्सन कमाण्डर रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट हातहतियार र गोली गठ्ठा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा केही व्यक्तिहरु हातहतियारसहित लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा शनिबार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
शेर्पाको साथबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, विभिन्न किसिमका कागजपत्र, ३ वटा मोबाइल, ब्याग ८ थान र ज्याकेट १८ थान बरामद प्रहरीले जनाएको छ ।
उनलाई हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल
महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिन्छ : उपराष्ट्रपति या…

सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुनुः गृहमन्त्री लेखक

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

प्रतिक्रिया