'दिमाग खराब'को गीतमा टिकटक बनाउनेलाई डेढ लाख र ५० हजार पुरस्कार
काठमाडौँ- कार्तिक २४ गते रिलिज हुने निश्चल बस्नेत निर्देशित 'दिमाग खराब' सिनेमाले आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको 'झम्के झमाझम' बोलको गीतमा 'डान्स स्टेप' प्रतियोगिताको घोषणा गरेको छ।
निर्माण पक्षले 'झम्के झमाझम' बोलको गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई क्रमश: ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको छ । यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख युट्यूब भिडियोका लागि छुट्याइएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा प्रतियोगीहरुले #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB ह्यासट्यागको प्रयोग गर्नुपर्नेछ।
यसैगरी प्रतियोगीले आफूले बनाएको यूट्यूब भिडियोलाई [email protected] मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ भने टिकटक भिडियो भने दिइएको ह्यासट्याग प्रयोग गरेर प्रतियोगीले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नसक्नेछन् ।
उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्सको आगामी सिनेमामा काम गर्ने अवसर प्रदान गरिनेछ । 'झम्के झमाझम' गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर रहेको छ । यस्तै गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् ।
सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। सामाजिक-राजनीतिक कथा पेस गर्ने सिनेमालाई आकाश बरालले लेखेका हुन् । यस्तै, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमामा सुशन प्रजापतिको छायाँकन रहेको छ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया