स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गरियोस् : सांसद थापा

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताएका हुन् । उनले कर्मचारीहरूको जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग गरे । उनले इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सरकार समयमै गम्भीर हुन नसकेको बताए । उनले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया