आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

लक्ष्मी सन्‌राइज बैंकको ‘दशैँ आयो’ योजना- यस्ता छन् अफर

काठमाडौं– उत्साह र उमङ्ग सहित मनाइने महान चाड दशैँलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सन्‌राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ। परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान-पिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो।

पहिलो अफर 'घुम्न जाउँला' मा लक्ष्मी सन्‌राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमश: रु २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ। यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।

अर्को अफर 'शपिङ्ग गरौँला' मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा बढीमा रु १००० सम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ।

यसै गरी ‘खाउँला पिउँला योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सन्‌राइज बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा रु २०० सम्म क्यासब्याक पाउन सकिनेछ। यसै अफर अन्तर्गत के एफ सी को तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को 'ट्याप एण्ड पे' ) फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा रु ५०० सम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, 'रमाईलो गरौँला' अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्‌राइज बैंकको डेबिट / क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५% वा बढीमा रु ५०० सम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।

र, क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा रु ५०१ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना 'मेरो भूमि' रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि रु ५०,००० भन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

 सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन