सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

फुटबल विश्वकप छनोटः फिफाको नियमले नेपाललाई फाइदा हुने सम्भावना

काठमाडौँ- सन् २०२६ को फिफा विश्वकप फुटबलको छनोटअन्तर्गत नेपालले पहिलो चरणको पहिलो लेगमा लाओससँग बराबरी खेलेको छ ।

विश्वकप छनोटअन्तर्गत बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसलाई १-१ को बराबरी रोक्न सफल भयो ।

फिफा विश्वकप छनोटअघि ‘अवे गोल’ लाई प्राथमिकतामा राख्ने गरिए पनि सन् २०२६ को विश्वकपका लागि  फिफाले भने त्यो नियम हटाएको छ ।

यसअर्थ लाओसको घरेलु मैदानमा असोज ३० गते हुने दोस्रो लेगमा दुवै टोलीले बराबरी खेलेको खण्डमा खेल अतिरिक्त ३० मिनेट तथा त्यसपछि पनि बराबरी अवस्थामा रहे पेनाल्टी सुटआउटबाट विजेता टोलीको टुंगो लगाइनेछ ।

यस हिसाबले लाओसविरुद्ध नेपाललाई फाइदा हुने सम्भावना रहेको छ ।