निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको अन्तर्किया कार्यक्रममा उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताए ।
उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गरे । उनले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताए । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उनले स्पष्ट गरे ।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्ता राजनीतिमा प्रयोग गरिएको अदालतको परमादेश अहिले सत्ता पक्षलाई नै चुनौतीपूर्ण भएको धारणा व्यक्त गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया