अराजकहरूलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने छौं : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका छन् ।
रिपोर्टस् क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरूले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको जिकिर गरे ।
नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्व निर्धारित कार्यक्रम भएको भएको भन्दै गलत ढंगले नबुझ्न अनुरोध गरे । दुर्गा प्रसाईको गतिविधिको कडा विरोध गर्दै उनले आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चुप लागेर नबस्ने जिकिर गरे ।
झापामा आफूहरूको कार्यक्रम बिथोल्नका लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरू मिलेर आएको उनले दाबी गरे । उनले संविधान र कानुन विरोधीहरूलाई राज्यको तर्फबाट कानुनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरूलाई कानुनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया